धनगढी, १३ माघ/डेउडा प्रतिष्ठानको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा लोक डेउडा गायक सुरतबहादुर रावत ‘डोटेली कान्छा’ निर्विरोध चयन भएका छन ।
प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महा–सचिवमा तोयनाथ भट्ट, उप महा–सचिवमा प्रेम बिवश चन्द, सांगठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सह–कोषाध्यक्षमा धनसरा साउँद चयन भएका छन ।
सदस्यमा केशवराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्रबहादुर थापा, सरस्वती धामी, जयन्ती धामी चएन भएको मुख्य निर्वाचन अधिकृत पदमबहादुर धामीले बताए । २५ सदस्यीय कार्य समितिमा बाँकी सदस्य कार्य समितिले मनोनित गर्ने छ ।