बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए

अछाम, १३ माघ/अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता  गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।
शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताए ।
घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर मगाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । ‘शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ’ भण्डारीले भने, ‘त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने छ ।’ दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको छ,ु उनले भने । उनीहरू कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा आठमा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया