धनगढी, १३ माघ/कैलालीमा भाइले कैची प्रहार गर्दा दाइको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको हो ।
शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।