धनगढीमा नयातलको विमोचन

धनगढी, १२ माघ/साहित्यकार कैलासकुमार पाण्डेयको कथा संग्रह नयातलको विमोचन गरिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले एक कार्यक्रमको आयोजना गर्दै नयातलको विमोचन गरेको हो । साहित्य समाजको सभाहलमा भएको विमोचन, स्वागत एवम् सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कथा संग्रह नयातलको विमोचन गर्नुभयो । नयातल पाण्डेयको सातौं कृति हो । नयातलमा २२ वटा कथा रहेका छन् । लैङ्गिक, जातीय, कु–प्रथा लगायतको विषयबस्तु समेटिएको नयातलमा पशु बलीदेखि मानव बलीसम्मका कथा समेत समेटिएको छ ।
तुलसी शर्मा (पिएचडी स्कलर) ले नयातलको समिक्षा गर्नुभएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको थियो । सर्जक कैलासकुमार पाण्डेले कृतिबारे प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष टोपेन्द्र शाहले गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष तिर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया