बैतडी, १२ माघ/बैतडीमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जिप दुर्घटना सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।