प्रहरी जवानले आफैंमाथि चलाए गोली

धनगढी, १० माघ/कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन्। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधवार साँझ आफैंमाथि गोली चलाएका हुन्। साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेका उनले आफैंमाथि राइफलको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश राज जोशीले बताए ।
क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट आफैँमाथि प्रहार गरेका थिए । प्रहरी नायव उपरीक्षक जोशीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट गम्भीर छन्। उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ। विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढीको निसर्ग अस्पतालको भेन्टिलेटरमा राखिएर उपचार भइरहे छ।

तपाईको प्रतिक्रिया