कैलालीमा अटो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, पाँच घाइते

धनगढी, ६ माघ/कैलालीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२, झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया