धनगढी, ६ माघ/योग प्रज्ञा साधना–१ दीक्षा समारोहसंगै सकिएको छ । ओशोधारा संघ नेपाल ध्यान केन्द्र धनगढीको आयोजनामा माघ ३ गतेदेखि योग प्रज्ञा साधना–१ संचालन भएको थियो ।
दुःख चिन्ता सन्तापबाट मुक्त भई जनम जनमको प्यास बुझाउने ओशोधारा संघ नेपालको ३ प्रकारका दीक्षासहितको पहिलो तहको ४ दिवसीय ‘योग–प्रज्ञा साधना–१ धनगढीमा आयोजना भएको थियो ।
कार्यक्रममा ध्यान, मेडिटेशन, योगा, लाफिंङ्ग मेडिटेशन लगायतका गतिविधि भएको थियो । साधनामा सक्रिय ध्यान, जीवनको खोज, सम्यक वाणी/सम्बन्ध, सम्यक कर्म, कुण्डलिनी ध्यान, ओशो कृतन सन्ध्या, शुभप्रभात ध्यान, सम्यक जागृति, सम्यक ध्यान, सम्यक दृष्टी, लिला ध्यान, सम्यक संकल्प, संजीवनी ध्यान, सम्यक स्वीकार, योग के हो ?, म को हुँ ?, रिवर्थ ध्यान, ब्रम्हानाद विशेष, अजपा जप/समाधि, आजप सुमिरण लगायतको विषयमा आचार्य श्री अखण्ड, आचार्य श्री निर्जल, आचार्य श्री पवित्रा निलम, आचर्य श्री इन्दु प्रिया लगायतले प्रवचन दिनुभएको थियो ।