सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, मंसिर १७ । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (आइतबार) सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया