१२ बैशाख, चितवन : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतसहित विजयी भएका छन् ।
मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने लामिछाने ५४ हजार १ सय ७५ मतसहित विजयी भएका हुन ्।
दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ रहेका छन्। उनले ११ हजार ११४ मत ल्याएका छन । रवि र जीतबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ ।
तेस्रो नम्बरमा समेटिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३४ मत ल्याएका छन्। रविले विजयी हुने क्रममा मंसिरमा पाएको मतभन्दा ५ हजार धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका छन ।
यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए। तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो ।
रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन । उनले ४३ हजार ६१ मतको फराकिलो अन्तरसहित जित आफ्नो पक्षमा पारेका हुन । मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तर बनाएका थिए ।