
९ असार, धनगढीः कैलालीका विभिन्न स्थानबाट झण्डै चार लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानबाट ३लाख ७२ हजार ४४० मूल्य बराबरकाे अबैध सामान बरामद गरेको हो।
बरामद गरिएका लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोइलर कुखुरा, बच्चाको चप्पल, चिनी लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाइएको छ।