५ जेठ, धनगढी : कैलालीको धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना शाह मृत फेला परेकी छन् ।
धनगढी उपमहानगरपालिका–५ हसनपुरकी शाह मृत फेला परेकी हुन ।
बिहिवार बिहान उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृत्युको कारण खुलेको छैन । शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन ।