२४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फका खेलहरुमा तीनवटा क्लब बिजयी

२९भदौ, धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फका खेलहरुमा वरपिपल युवा क्लब, ईलाईट युवा क्लब र कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालय विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेसँगै तीन वटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।
न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको पहिलो खेलमा वरपिपल युव क्लब विजयी भयो । वरपिपलले न्यु युवा सुन्दर शक्ती क्लबलाई हरायो । निर्धारित समयमा बराबरी खेलेका दुबै टोली बीच टाईब्रेकरबाट निर्णय लिदा वरपिपलले बाजी मार्यो ।

पुरुष तर्फको दोस्रो खेलमा ईलाईट विजयी भयो । ईलाईटले वेली युवा क्लबलाई हरायो । ईलाईटले बेलीमाथि ३–१ को जित दर्ता गर्यो । कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको टीम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १–० को जित हात पार्यो ।

 

तपाईको प्रतिक्रिया