१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

४असोज,धनगढीः १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।

नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै, सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया