१७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको आज अन्तिम दिन पशुपति शर्माको प्रस्तुती

धनगढी । १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको आज अन्तिम दिन चर्चित लोकदोहोरी गायक पशुपति शर्माको मूख्य प्रस्तुती रहेको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट सुरु भएको महोत्सवको आज समापन गरिने भएको छ ।

सुरुमा पुष २ गतेसम्म संचालन हुने भनिएकोमा दर्शकको मागलाई मध्यनजर गर्दै ३ दिन थप गरि ५ गतेसम्म पुर्याइएको थियो । सुदूरपश्चिम महोत्सवले सुरुवात देखिनै दर्शकको राम्रो साथ पाएको आयोजकले बताएको छ ।

धनगढी उपमहानगरपालिका वडा न।ओं १ पशुपति टोलमा संचालन भइरहेको महोत्सवको उद्देश्य स्थानीय कला,संस्कृति,उत्पादन ,पर्यटन,उद्योग,व्यापार,कृषिलाई प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाई छ ।

थारु गाउँ, फोटो प्रदर्शनी,कृषि प्रर्दशनी,व्यापारिक स्टलहरु,रमाइलो मेला,सांस्कृतिक कार्यक्रम,विद्यालय नृत्य मूख्य आर्कषण रुपमा रहेका थिए ।

तपाईको प्रतिक्रिया