१३ असोज,धनगढीः सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले धनगढीको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सव मनाएको छ ।
हेप्पिनेसले बिहीबार फाउन्डेसनमा आश्रित सडक मानव महिला तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न, शैक्षिक सामाग्री र न्यानो लुगा हस्तान्तरण गर्दै आठौं वार्षिकोत्सव मनाएको हो ।
दृष्टि फाउन्डेसनमा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीको अध्यक्षता आयोजित कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनकि अध्यक्ष कल्पना भट्ट रहेकि थिइन् । संयोजक भण्डारीले दृष्टि फाउन्डेसनमा आश्रित महिला तथा बालबालिकालाई शैक्षिक सामाग्री, खाद्यान्न र न्यानो लुगा हस्तान्तरण गरिएको बताउनु भयो ।
भण्डारीले विगतदेखि संस्थाले खुसी नपुगेको ठाउँमा खुसी पुयाउने उदेश्यअनुसार काम गरिरहेको बताउँछदै साथ, सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् ।
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले दृष्टि फाउन्डेसनकि अध्यक्ष कल्पना भट्टसहितका चार जनालाई सम्मान गरेको छ । दृष्टि फाउन्डेसन नामक संस्था सञ्चालन गरेर सडक मानवहरूलाई आश्रय दिएर समाजलाई महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पत्रसहित अध्यक्ष भट्टलाई सम्मान गरिएको हो ।
यस्तै, वर्षभरिमा संस्थामा सर्वोत्कृष्ट कार्य गरेको भन्दै असहाय कोषको सदस्य तथा बैतडी संयोजक भरत विष्ट, हेप्पिनेसकी सदस्य आरती दाहाल र निरज पाठकलाई पनि सम्मान गरिएको हेप्पिनेसले जनाएको छ ।
दाहाल वर्षभरिको सर्वोत्कृष्ट सदस्यका रूपमा, पाठक असहाय कोषलाई बलियो बनाउन भूमिका खेलेको र विष्टलाई इमर्जेन्सी रक्तदानमा सक्रिय भूमिका खेलेर संस्थाको गरिमा बढाएको भन्दै सम्मान गरिएको हो ।
वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक, १४९ पिन्ट रक्तदान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । संस्थाका प्रदेश संयोजक घनश्याम भण्डारीले दृष्टि फाउन्डेसनमा आयोजित औपचारिक कार्यक्रमबीच वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमा प्रदेशका विभिन्न अस्पतालमा ८३ जना बिरामीका लागि ८९ पिन्ट इमर्जेन्सी रगत व्यवस्थापन गर्दै दान गरिएको बताउनु भयो । उहाँकाअनुसार इमर्जेन्सीको ८९ सहित वर्षभरि १४९ पिन्ट दान गरिएको छ ।
रक्तदान जीवनदानको नारालाई सफल बनाउन केही हदसम्म सफल भएको बताउँदै उनले अगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ ।
स्वास्थ, शिक्षा, ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्त्वका विषयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
छाडा पशु चौपायाको निस्शुल्क औषधी उपचार गर्ने कार्यक्रममा निरन्तरता दिदै १६२ पशुको उपचार गरिएको छ ।
९ जना बिरामीको उपचारमा सहयोग गरिएको, सौभाग्य अस्पतालसँग सम्झौता गरि हेप्पिनेसका सदस्यलाई उपचारमा विशेष छुट गरिएको, डिप्रेसनका सिकार भएका ९ जनालाई काउन्सिलिङ गरेर मानसिक स्वास्थ सेवा दिएको भण्डारी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
फेसबुक लाइभबाट जनचेतना मुलक सन्देश प्रवाह, अवस्था हेरेर निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको,
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, स्वास्थ सेवा सुधारका लागि खबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझाव दिने कामलाई समेत निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।