हिमालय लोकस्टारको विजेता उपाधि बलराम विश्वकर्मालाई


१४ बैशाख, काठमाडौं : हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन ।

विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरेका हुन ।
अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए सगँै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेका छन भने वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भएसगँै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन ।

६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए भने दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया