हिमशिखको १६ औं वार्षिक साधारण सभा, पत्रकार महासंघ कैलाली अध्यक्ष देउवा नगदसहित सम्मानित

धनगढी, २७ पुस/हिमशिखर बुह—उदेश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका—५, तारानगरमा केन्द्रीय कार्यालय रहेको हिमशिखरको १६ औं वार्षिक साधारण सभा भएको हो ।
सभामा उत्कृष्ट कर्मचारीको रुपमा अमृता सिंह ठकुरीलाई नगद ५ हजारसहित प्रशंसा पत्र र सहकारी क्षेत्रमा कलम चलाए बापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवालाई नगद ५ हजार १५५ रुपैयाँसहित प्रशंसा पत्रले पुरस्कृत गरिएको थियो ।

रणबहादुर शाही, बिष्ना पाठक, तोयानाथ जोशी, तेजराम डगौरालाई जेष्ठ सदस्यको रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट बचत सदस्यमा सुरेन्द्र लाल श्रेष्ठ, रुपा ओझा, पुष्पा भट्ट, , मिनादेवी चौधरी र देवराज भट्टलाई सम्मान गरिएको थियो । असल ऋणी ५ जना सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र रहेका थिए । सभामा सहकारीको वार्षिक कार्यप्रगति, प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, प्रस्तावित कार्यक्रम प्रस्तुत तथा छलफल, प्रस्तावित कार्यक्रम प्रस्तुत तथा छलफल, अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको थियो । बि.स. २०६५ सालमा स्थापना भएको सहकारीमा हाल ५ हजार २ सय माथी शेयर सदस्य रहेका छन् ।
सहकारीले नियमित बचतका साथै प्रिमियम बचत, अनिवार्य बचत, मुद्धती बचत, क्रमिक आवधिक बचत, पेन्सन बचत, आशिर्वाद बचत, नारी बचतका साथै हिमशिखर लखपति बचत खाता सञ्चालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया