हावाहुरीले रुखको हाँगा खस्दा टीकापुरमा एक किशोरीको मृत्यु

२४ जेठ, धनगढीः कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक किशोरीकाे मृत्यु भएको छ।

टिकापुर नगरपालिका–१ बिशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीका ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति करीब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो ।

उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

तपाईको प्रतिक्रिया