हवाई भाडा कम भएन, जनतालाई झुक्याइयो

काठमाडौँ, असोज १५ । विपतको समयमा पनि वायुसेवा कम्पनीहरुले हवाई भाडा कम गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा खटेको दाबी गरेपनि भाडादर कम नभएको पाइएको हो ।

मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरिएको मन्त्रीको सचिवालयको दाबी छ ।

पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबी गरिएको छ ।

कुनै पनि हवाई कम्पनिको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु। ७२१६.१८ देखि ८१८४.५९ सम्म देखाएको छ ।

त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ । यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए ।

हवाई कम्पनिले अहिले सरकारले तोकेको अधिकतम मुल्यमा टिकट नबेच्ने घोषणा गरेका थिए । मन्त्री पाण्डेले पनि हवाई भाडा घटाएको दाबी गरेका थिए । यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।

अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया