स्वास्थ्यकर्मीहरु आन्दोलित हुदै उपमहानगरपालिकामा धर्ना

स्वास्य्य

१ साउन ,धनगढी  : धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन ।

उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन । नयाँ आर्थिक वर्ष शुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो । यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए । कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म (उपमहानगरपालिका) मा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको पत्रमा उल्लेख छ ।

समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *