२४ असार, धनगढी : धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि ले नि ः शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य नै मानव जीवनको पहिलो धन भन्ने मूल नाराका साथ मुटु सम्बन्धीका विरामीहरुलाई् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले गर्ने मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राइृग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी सेवन गरिराखेका बिरामी, मुटु ढुकढुक हुने, आत्तिने तथा डराउने लक्षण भएका व्यक्ति, आफूलाई मुटु सम्बन्धी समस्या भएको शङ्का गर्ने अथवा आफ्नो मुटुको अवस्था थाहा पाउन खोज्ने विरामीहरुको लागी चेक जाँच तथा परार्मश सेवा दिएको हो , उक्त शिविरमा चेक जाचँको लागी ३०० भन्दा बढी व्यक्तीहरुको सहभागीता रहेको थियो ।
अस्पतालले कोलेस्ट्रोल, ट्राइलिसाइड, एचडीएल, क्रेटीनाईन, हेमोग्लोबिन, युरिन आरईरएमई, इसिजी, एक हप्ताको लागी औषधि (मुटु सम्बन्धी समस्या देखिएका बिरामी लाई मात्र), मुटु रोग विशेषज्ञद्वारानिःशुल्क परामर्श गरी सात प्रकारका सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्र्दै इन्ड्रोस्कोपी, टिएमटी, एबिपिएम, हल्टर, इकोकार्डियोग्राफी (इको) लगायतका अन्य निदानात्मक सेवाहरूमा ३० प्रतिशत छुट समेत गरेको अस्पतालले जनाएको छ ।
साथै अस्पतालले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरि उक्त कार्यक्रमलाई सहयोग पुर्याएका हुन ।
स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि ले यस भन्दा पहिले पनि निः शुल्क स्वास्थ्य शिविर तथा चेकजाँचका कार्यक्रमहरु गर्दै आईरहेको छ ।