सैपाल ग्याँस प्रालिको आयोजनमा अग्नी सुरक्षा तालिम सम्पन्न

धनगढी । सैपाल ग्याँस प्रालिको आयोजनामा अग्नि सुरक्षा सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । शनिवार कैलालीको अत्तरियामा सैपाल ग्याँस प्रालिले डिलर संचालकहरुलाई ग्याँसबाट हुन सक्ने दुर्घटना र सुरक्षित रहने उपाय बारे जानकारी दिन प्रशिक्षण आयोजना गरेको हो ।

अग्नी सुरक्षा सम्बन्धि तालिममा १३ जिल्लाका २ सय बढि डिलर संचालकहरुको सहभागिता रहेको थियो । भने नेपाल प्रहरीका विपद सम्बन्धि प्रशिक्षक उमेश जंग रायमाझीले अग्नी सुरक्षा र ग्याँसको विक्री,वितरण र प्रयोग गर्दा अपनाउनु पर्ने सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए ।

सैपाल ग्याँसका प्रबन्धक संगम भण्डारीले ग्राह र डिलर संचालकलाई ग्याँसबाट हुने दुर्घटना लाई कसरी न्यूनिकरण गर्न सकिन्छ । डिलरहरूले गर्नुपर्ने कामहरु केके हुनसक्छन् भन्ने जस्ता विषयमा प्रशिक्षण दिन तालिमको आयोजना गरिएको बताए । उनले भने,सैपाल ग्याँसले व्यापार मात्रै गर्दैन ग्राहक तथा डिलरहरूको हितलाई पनि मध्यनजर गर्छ । सोही कारण पछिल्लो समय ग्याँसको कारण आगलागीका घटना बढ्दै गएकाले सचेतनाका लागि तालिमको आयोजना गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा ग्याँस बाट हुनसक्ने दुर्घटनाको बारेमा सचेतना दिन पहिलो पटक प्रशिक्षण आयोजना गरिएको हो ।ग्याँसका विक्रेता र ग्राहकका लागि यस अघि सरकारी तथा निजि स्तरबाट प्रशिक्षणका कार्यक्रम संचालन नभएको सहभागिले बताएका छन् । पहिलो पटक सैपाल ग्याँसले दुर्घटना न्यूनिकरण र सचेतनाका लागि प्रशिक्षण दिएको भन्दै सहभागि डिलर संचालकहरुले खुसी व्यक्त गरेका थिए । यस्ता कार्यक्रम समय सयमा गरिराख्नु पर्ने उनीहरुको भनाई छ ।

बिक्रेता बालाराम जैशीले सैपाल ग्याँस प्रालिले ग्याँसको कारणबाट हुने दुर्घटना र बच्ने उपायको बारेमा सचेतनामुलक प्रशिक्षण दिएकोमा खुसि व्यक्त गरे । उनले भने,लामो समयदेखि हामीले ग्याँस बेच्दै आएको भएपनि कसरी दुर्घटना हुन्छ भन्ने बारेमा थाह थिएन । ग्याँसबाट हुने आगलागी बाट कसरी बच्न सकिन्छ भन्ने थाह थिएन ।आज सैपाल ग्याँसले दिएको प्रशिक्षणबाट सबै कुराको जानकारी पाएका छौ ।

तपाईको प्रतिक्रिया