१३ साउन, धनगढी : सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ।
नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो।
पहिलोपटक सर्किट लाग्दा २० मिनेट बन्द भएको बजार दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।