सेती लोकमार्ग अन्तर्गत निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र

२६भदौ,धनगढीः सेती लोकमार्ग अन्तर्गत बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीहरूको चरम लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
सेती लोकमार्ग दक्षिणी खण्डले २०७५ सालमा बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरेको थियो । सम्झौता गरी काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती भएका कारण तीन वटै पुलको निर्माण कार्य रोकिएको थियो । खप्तडछान्ना गाउँपालिका–१ को जडारमा ६ करोड ५० हजारको लागतमा खाम्पा टिडिआर जेभि, खप्तडछान्ना गाउँपालिका–२ कुचेखोला (कालिपछाई )रायमाझी केराभान जेभीले ५ करोड र खप्तडछान्ना गाउँपालिका–७ बिडिगाडमा अम्भर कन्स्ट्रक्सनले ५ करोडको लागतमा सम्झौता गरेको थियो ।
स्थानीय सरकार र स्थानीयवासीले पटकपटक निर्माण छिटो गर्नका लागी ताकेता गरेको भएपनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन । पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीयले अनावश्यक दुख खेप्नुपरेको छ भने दैनिक उपभोग्य बस्तुहरूको आयतमा समेत समस्या भएपछि महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ ।, “सुरुमा ठेकेदार कम्पनीले ढिला सुस्ती गरेको खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापाले भन्नुभयो । गाउँपालिकाबाट समेत पटकपटक ताकेता गरेपछि सेतीलोक मार्गको अफिसबाट समेत ठेकेदारलाई दबाब गरेपछि गएको वर्ष काम गरेको र वर्षायाम सुरु भएकाले बन्द भएको हो । वर्षा सकिएपछि काम गर्ने ठेकेदार कम्पनीसँग कुरा भएको छ” थापाले बताउनु भयो ।
उहाँले आउँदो असारसम्म जडारी गाड र कुचे खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न हुने सक्ने र विडिगाडको पुलमा कार्यालय र ठेकेदार बिच पुलको गुणस्तरका बारेमा केही विवाद भएकाले ढिलो हुन सक्ने बताउनुभयो । २०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौसमि बाढीका कारण कुचेखोलामा रहेको पक्की पुल एकातिर गाड एकातिर भएर समस्या समेत भएको छ । बाढीले निर्माणस्थल बगाएर लिएपछि ठेकेदार कम्पनीको अधिकांश सामान बगाएर लिएपछि निर्माण कार्य अलि ढिला भएको समेत ठेकेदार कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया