सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष मृत फेला

२० बैशाख, डोटी:  डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षिय नर बहादुर तामाङ यहि १७ गते उक्त नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराईबाट निकालेको हो । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल शिलगढीमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया