सूचना प्रविधि दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्था पुरस्कृत

१९ वैशाख, काठमाडौं : सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सहसचिव विरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका छन् । उनले सरकारी सेवालाई कम्प्युटराइज, डिजिटलाइज तथा डिजिटलाइजेसनको प्रयासमा योगदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सममानित भएकी छन् । यमीले नेपालमा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ प्रोग्रामलाई पाठयक्रममा समावेश गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
मन्त्रालयले नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालतलाई सम्मान गरेको छ । २०६२ सालदेखि विभिन्न सफ्टवेयर र एप्लिकेशनको प्रयोग मार्फत आफ्ना सेवाहरुलाई डिजिटलाइज गरेको सर्वोच्च अदालतले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा र सुविधालाई प्रविधिमैत्री बनाएको भन्दै सम्मानित भएको हो ।

नेशनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले पाएको छ । नेशनल आईसीटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि र गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् ।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सफ्टवेयर क्षेत्रमा काम गरिररहेको अग्रणी कम्पनी हो भने गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सरकारी सेवालाई अटोमेसन तथा डिजिटलाइज गर्ने उदेश्य सहित २०७६ सालमा सुरु भएको कम्पनी हो । यी सबै पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया