सुसासन दिगो बिकास र समृद्ध सुदूपश्चिम बिषयक प्रादेशिक सम्मेलन सम्पन्न

२८चैत्र, धनगढी : धनगढीमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० एक कार्यक्रम गरी सम्पन्न भएको छ ।

यो ११औं शृङ्खला स्वरूप निजी क्षेत्रबाट थालनी गरिएको एउटा अभियान हो । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका हुन् ।

धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उनले विकासका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए । साथै उनले उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेको बताए ।

उपमहानगरमा भ्रष्टार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उनले बताए । औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको उनले बताए ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा. हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए ।

‘बनवासाको पुलमा गएर हेरे हुन्छ, ८० वर्षको बुढो र बालक कामका लागि भारत जाँदै गरेको देखिन्छ। उनीहरूका बाजे पुस्ता पनि उतै जान्थे,’ डा. पन्तले भने, ‘म कैलाली क्याम्पसमा ४० वर्षदेखि पढाइरहेको छु। त्यतिवेला क्याम्पस जाँदा दाउराको भारी बोकिरहेका मान्छेहरू बाटोमा भेटिन्थे, अहिले क्याम्पस जाँदा पनि त्यही देख्छु। जनताको अवस्था उस्तै छ उनले बताए । ’चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले, हामी हरेक व्यक्ति जुन ठाउमा छौं हरेकले सुशासन गरिराका छैनौं सरकार यका तिर समाज, यका तिर ,राष्ट्र यकातिर भयो यसले गर्दा काम गर्ने व्यक्तिले राम्रो संग काम नगरेको उनले बताए ।

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा। हरि लम्सालले सुसान अपूर्ण छ यो काम राज्य का हरेक निकायले यस्ता बहसका कार्यक्रम गर्ने हो तर गरेको छैन तर यक बिध्यालयले बिशिस्ट व्यक्ति हरुलाई यकै ठाउँमा जुराउन भनेको यो भाग्यको खेलमान्नु प्रर्छ यस्ता कामहरु हरेक संध संस्थाले सरकार वालाले मनन गर्नु प्रर्ने दिन आयको बताए ।

चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा। तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा। हरि लम्साल पत्रकार ,समाजिक अभियान्ता, लगायत सामाजिक, राजनीतिकलगायत क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा उपस्थित रहेका थिए ।

चैतन्या एकेडेमी नयाँवानेश्वर काठमाडौँबाट विगत दशकमा लामो समयदेखि देशको प्राथमिक एजेन्डाहरुमा सुशासन, दिगो विकास र समृद्धीलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ ।

चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्दत पुर्‍याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया