सुनको मूल्य फेरि निरन्तर बढ्दै, कति छ आज ?

धनगढी, मंसिर ७ । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

सुन तोलामा आज एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ६४ रुपैयाँमा कारोबार भएको थियो ।

ेनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया