काठमाडौं, कार्तिक २३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।