काठमाडौं, मंसिर २३ । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गत शुक्रबार प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।