सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, पुस ७ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय बढेर एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा तीस रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया