सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

धनगढी, कार्तिक ३० । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ६० हजार रुयैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया