सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो ?

काठमाडौं, मंसिर ६ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी आज प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया