धनगढी, कार्तिक २८ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा दुई हजार चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।