काठमाडौं, मंसिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।