काठमाडौं, असोज ११ । नेपाली बजारमा सुनको मूल्यमा एकपछि अर्को रेकर्ड काम भइरहेको छ ।
सुनको मूल्य आज हालसम्मकै सबैभन्दा बढी प्रतितोला एक लाख ६१ हजार एक सय रुपैयाँ पुगेको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँ बढेको हो ।
सुनको मूल्य यसअघि हिजो (बिहीबार) सबैभन्दा बढी प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले रेकर्ड कायम गरिरहँदा आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज पनि प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।