काठमाडौं, मंसिर १० । सुनको मूल्य आज एकैदिन ह्वात्तै घटेको छ ।
सुन आज तोलामा १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन अघिल्लो दिन (हिजो) प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार दर घटाएपछि सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पु¥याएको थियो ।