१० जेठ, धनगढी : चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड अगामी असार ८ गते हुने भएको छ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्ड गत वर्षको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधामा अवार्ड वितरण गरिने बताईएको छ ।
बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिनेछ ।
साथै लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।
वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।