सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना

५ असार, डडेल्धुरा  :  सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका छन ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया