धनगढी, मंसिर २५ । हरि रेग्मीको अध्यक्षतामा १३ सदस्यीय सुदूरपश्चिम विद्यालय खेलकुद महासंघको तदर्थ समिति गठन गरिएको छ ।
यही मंसिर २१ गते नेपाल विद्यालय खेलकुद महासंघका प्रतिनिधि आरविको प्रमुख आतिथ्य तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य दर्गा भण्डारीको रोहबरमा सुदूरपश्चिम विद्यालय खेलकुद महासंघका तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा ओमविक्रम भाट, शान्ति अधिकारी र डिल्लीराज रेग्मी, मुख्य सचिवमा टोपेन्द्र शाह, सचिवमा सिताराम बुढाथोकी र सुरेश पाण्डे, कोषाध्यक्षमा छत्र बम चयन भएका छन् ।
यस्तै समितिको सदस्यमा मोहनराज भट्ट, कमलराज जोशी, दिपक चालिसे, कविन्द्र ठकुल्ला र शम्भु लामिछाने चयन भएका छन् ।
यस्तै तदर्थ समिति भित्रैबाट चार सदस्यीय केन्द्रीय प्रतिनिधिहरु पनि चयन गरिएको छ । जसमा अध्यक्ष रेग्मी, उपाध्यक्ष द्वय भाट र अधिकारी, मुख्यसचिव शाह र सदस्य भट्ट चयन भएका छन् ।