सुदूरपश्चिम रोयल्सलाई कैलाली उद्योग वाणिज्य सङ्घले तीन लाख रुपैयाँ सहयोग गर्ने

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले एनपीएल टोली सुदूरपश्चिम रोयल्सलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै निर्माण गरिएको क्रिकेट टीमलाई उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोगको घोषणा  गरेको हो ।

स्वतन्त्र प्रताब शाहको स्वामित्वमा रहेको सुदूरपश्चिम रोयल्स नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिङ्ह ऐरीको कप्तानीमा मैदानमा उत्रिने छ ।

एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रतियोगितामा आठ टीमको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया