सुदूरपश्चिम महोत्सव : विद्यालय स्तरीय नृत्यमा धनगढीको स्टेपिङ स्टोन प्रथम

धनगढी । १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा आयोजना गरिएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा धनगढीको स्टेपिङ स्टोन स्कुल प्रथम भएको छ । आज शनिवार सम्पन्न फाइनलमा सिड्लीङ जोन मन्टेश्वरी ,एलाइन्स इन्टरनेसनल र कोभिडा इन्टरनेसनल स्कुललाई पछि पार्दै स्टोनले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

सुदूरपश्चिममा प्रदेशका विभिन्न १६ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा सिड्लीङ जोन मन्टेश्वरी ले द्धितीय स्थान प्राप्त गर्दा एलाइन्स इन्टरनेसनल स्कुलले तृतीय स्थानमा चित्त बुझायो ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि जारी महोत्सवको तीन दिन थप गरिएको छ । पुस २ गते समापन हुने भनिएकोमा दर्शकको माग र समयको आवश्यकतालाई मध्यनजर गर्दै पुष ५ गते समापन गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । शनिबार हालसम्मकै बढि दर्शकको उपस्थिति रहेको आयोजकको दाबी छ ।

महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने दिउँसो ३ बजे पछि राष्टिय स्तरका अतिथि कलाकारको प्रस्तुती देखाइने छ ।

१७ औ संस्करणको महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् । विगतका बर्ष झै यस वर्षपनि महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकको भनाई छ ।यस बर्षको महोत्सवको टिकट खल्तीबाट काट्न सकिने व्यवस्था मिलाईएको छ । भने खल्तीको प्रोमो कोड प्रयोग गरि हरेक टिकटमा २५ रुपियाँ छुट पाइने आयोजकले जनाएको छ । साधारण तर्फ रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया