धनगढी । सुदूरपश्चिम महोत्सवमा आज पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज चर्चित कलाकार रामचन्द्र काफ्ले, गौरी भट्ट र सम्झना लामिछाने मगरको मूख्य प्रस्तुती रहने नृत्य संयोजक भवानी रेग्मीले जानकारी दिए । त्यसैगरि नरेन्द्रराज रेग्मी लगायतका स्थानीय कलाकारहरूका साथै क्लव स्तरिय नृत्य प्रस्तुत गरिने बताइएको छ ।
मङ्सिर २२ गते बाट सुरु भएको महोत्सव पुस ५ गतेसम्म चल्ने छ। महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै ३ दीन थप गरी पुस ५ गते सम्म संचालन हुने जानकारी गराइएको छ ।
यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।
महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।