सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थपियो, शनिबार समापन

धनगढी, पुस १ । धनगढीमा संचालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ ।

मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।

महोत्सव आयोजक कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले महोत्सवको समय चार दिन थप गरिएको बताए । महोत्सव समापन हुने दिन शनिबार पर्छ ।

कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको छ । जसले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने गर्छ ।

तपाईको प्रतिक्रिया