धनगढी, मंसिर १७ । यही मंसिर २२ गतेदेखि धनगढीमा सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवका लागि आयोजक कैलाली उद्योग वाणिज्य संघले एनसिएल र इसेवासँग सम्झौता गरेको छ ।
संघले सोमबार एक कार्यक्रमकाबीच एनसिएल र इसेवासँग सम्झौता गरेको हो ।
यससंगै अब दर्शकले महोत्सवमा प्रवेशका लागि इसेवामार्पत पनि टिकट काट्न पाउने कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले जानकारी दिए । उनका अनुसार इसेवाबाट टिकट काटेका दर्शकहरुले गेटमा मोबाइलबाट स्क्यान गरेर भित्र प्रवेश पाउनेछन् ।
यसैगरी एससिएलले महोत्सवमा कुनै एक मोबाइल कम्पनीसंग मिलेर सीम सित्तैमा दिनेछ ।