सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा

३०भदौ,धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ। दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

तपाईको प्रतिक्रिया