सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय सवारी साधनको कर निर्धारणको तयारीमा

१५ बैशाख, धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय सवारी साधनको करमा हेरफेर तथा निर्धारणको तयारी गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक अनुसार निजी विद्युतीय सवारी साधनको करको दर निर्धारण गर्न प्रदेश सभामा दर्ता गराएको छ ।

५०० वाटको मोटरसाइकल तथा स्कुटीको १ हजार रुपैयाँदेखि १५०१ वाटमाथिका सवारीमा ३ हजार रुपैयाँ प्रस्ताव गरेको छ । कार, जिप, भ्यान, माइक्रो बस र बसको १० हजारदेखि ३० हजारसम्म निर्धारण गर्न लागेको हो ।

त्यस्तै, सार्वजनिक विद्युतीय सवारी साधन अन्तरगत कार, जिप, भ्यान, माइक्रो बस र बसको २५ सयदेखि १५ हजारसम्म निर्धारणको लागि प्रदेश सभामा संशोधन विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया