१० बैशाख, धनगढी : धनगढीको रंगशालामा १३ औं राष्ट्रपति रनिङ प्रतियोगिता अन्र्तगत सुदूरपश्चिम प्रदेशस्तरिय उसु छनौट प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा धनगढी रंगशालामा एक समारोहकाबिच परिषदका सदस्य झलक शाहले खेलकुद सामाग्री हस्तान्तरण गरेर प्रतियोगिताको समुदघाटन गरेका हुन । सो अवसरमा उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई अनुरोध गरेका छन ।
परिषदकी सदस्य दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा परिषदका पदाधिकारी, कार्यालय प्रमुख, जिल्ला खेलकुद समितिका सदस्य, उसु प्रशिक्षक, खेलाडी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
भोली (सोमबार)सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशका पाँच जिल्लाका खेलाडीहरुको सहभागिता रहेको उसुका प्रशिक्षक रतन खातीले जानकारी दिए ।