सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा

२८ भदौ, धनगढीः सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको पाइएको छ। नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएका बेला पछिल्लो ३ वर्षको तथ्याङ्कले सुदूरपश्चिममा भने आत्महत्या गर्ने घट्दो संख्या रहेको देखाएको हो।
सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा १ हजार ८२७ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७९÷०८०मा सुदूरपश्चिममा ५ सय ५६ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा तीन सय पाँच पुरुष र दुई सय ५१ महिला रहेका छन् । यो संख्या आर्थिक वर्ष ०७८÷०७९ को भन्दा २७ ले कम हो।
आर्थिक वर्ष ०७७÷७८ मा यस प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका थिए । सो अवधिमा ३ सय ७९ पुरुष र ३ सय ९ जना महिलाले आत्महत्या गरेका छन् । यस्तै, आर्थिक वर्ष ०७८÷०७९ मा ५ सय ८३ ले आत्महत्या गरेका थिए। सो अवधिमा ३ सय १९ पुरुष र २ सय ६४ महिलाले आत्महत्या गरेका प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको त्रिवर्षीय तथ्याङ्क अनुसार सुदूरपश्चिममा आत्महत्या घट्दो क्रममा रहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया